नेपाल चलचित्र विकास बोर्डबाट बिदा भए भुवन केसी

काठमाडौँ १० साउन नेपाल चलचित्र विकास बोर्डबाट भुवन केसी बिदा भएका छन्। बोर्डको २ वर्षको अध्यक्षको कार्यकाल सकिएपछि उनी बिदा भएका हुन्।साउन ८ गते केसीको कार्यकाल सकिएको थियो। आज बिहीबार बोर्डको हलमा कार्यक्रम गर्दै उनको औपचारिक बिदाइ गरिएको हो। कार्यक्रममा केसीलाई माला लगाउँदै फ्रेमिङ गरिएको ठूलो फोटोसमेत प्रदान गरिएको थियो।केसीले २ वर्षे कार्यकालमा आफूले धेरै […]

परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतको शिष्टाचार भेट

काठमाडौँ १० साउन परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले शिष्टाचार भेट गरेका छन् । बिहीबार परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित

१० साउन पेरिस ओलम्पिकको फुटबलमा खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित भएको निर्णय सार्वजनिक भएको छ। विवाद र अन्योलतामा २-२ को बराबरीमा टुंगिएको खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना २-१ ले पराजित भएको निर्णय सार्वजनिक भएको हो। समूह ‘बी’को अर्जेन्टिनाले अन्तिम समयमा गरेको गोललाई भारले मान्यता नदिएपछि निर्णय विवादास्पद देखिएको हो। अर्जेन्टिनाले यो निर्णयलाई […]

अवकाश उमेर बढाउने तयारीमा चीन

१० साउन चीनमा अब अवकाशको उमेर बढाउने तयारी भइरहेको छ । बालबालिकाको जन्मदर घट्दै गएको र वृद्धवृद्धाको संख्या बढ्दै गएपछि चीनले अवकाशको उमेर बढाउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ । जसका कारण देशमा काम गर्नेको संख्या घट्दै गएको छ । अवस्थालाई ध्यानमा राख्दै चीन सरकारले अवकाश उमेर बढाउने निर्णय गरेको छ । रिपोर्टका अनुसार चिनियाँ […]

विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौँ  १० साउन सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने जहाजका पाइलट मनिष रत्न […]

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

तनहुँ १० साउन स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो […]

सूचना अधिकारीहरू नै सूचनाबाट बञ्चित

चितवन १० साउन यहाँका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी सूचना अधिकारीले आफूहरू नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताएका हुन्। भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका पण्डितले आफूभन्दा माथिल्लो तहबाट समयमा सूचना प्रवाह नहुँदा सञ्चारकर्मीले सूचना मागेका बेला तत्काल […]

आज साउन १० गते बिहीबारको राशिफल

काठमाडौँ १० साउन  श्री शाके १९४६ । बि स २०८१ साल साउन १० गते बिहीबार । इश्वी सन २०२४ जुलाई २५ तारीख । श्रावण कृष्ण पक्ष चतुर्थी तिथी पूर्वभाद्रपदा नक्षत्र शोभन योग कौलव करण चन्द्रमा कुम्भ राशिमा पश्चात मिन राशिमा आनन्दादि योगमा मुद्गर योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन वर्षाऋृतु (ज्यो.पं. सरोज घिमिरे) मेष – […]

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ १० साउन  देशभर आज आंशिकदेखि साधरणतया बदली हुनेछ। मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम […]

हेटौंडामा एक दम्पती मृत फेला

हेटौंडा ९ साउन हेटौंडामा श्रीमान् श्रीमती मृत भेटिएका छन्।बुधबार अपराह्न पौने ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोड नजिकै लटिनाथ चिसापानीमा श्रीमान र श्रीमती मृत फेला हुन्। प्रहरीका अनुसार ६२ वर्षीय केशव भण्डारी उनको ५६ वर्षीय श्रीमती अम्बिका भण्डारी मृत भेटिएको हो। अम्बिकाको धारिलो हतियार प्रयोग गरी हत्या भएको जस्तो देखिन्छ भने केशव झुण्डिएको अवस्थामा मृत […]